थिमी मृत्यु घटनाबारे प्रहरीको प्रारम्भिक निष्कर्ष : सम्झना–सुशान्तको हत्या, सुदीपको आत्महत्या

काठमाडौं । भक्तपुरको मध्यपुर नगरपालिका ९ निकोसेरामा घर झगडाले परिवार नै सखाप भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

घटनास्थल पुगेर अनुसन्धान गरिरहेको प्रहरी टोलीले त्यहाँ फेला परेका प्रमाण र घटनाको प्रकृति हेर्दा श्रीमती र छोराको हत्या गरेर सुदीपले आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष निकालेको हो ।

शुक्रबार (हिजो) साँझ ३६ वर्षीय सुदीप अधिकारी, ३४ वर्षीय श्रीमती सम्झना अघिकारी र १६ वर्षीय छोरा सुशान्त अघिकारीको घरभित्रै फरक–फरक कोठामा शव फेला परेको थियो ।

श्रीमती र छोराको टाउकोमा गहिरो चोट भए पनि घरमा बाहिरी मान्छेको प्रवेश नदेखिएकाले सुदीपले नै हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

यस्तै टोलीले  हत्याको लागि घरकै दाउ (धारिलो हतियार)को प्रयोग गरिएको देखिएको बताएको छ । प्रहरीले सुशान्तको शवसँगै दाउ फेला परेको हो ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भनेका छन्, ‘आमाछोराको हत्या पहिल्यै भएको र पछि आफूले आत्महत्या गरेकोजस्तो देखिन्छ । आमाछोराको शव गन्हाएको छ भने उनको शव त्यस्तो छैन ।’

घर एउटा कुकुरसमेत मृत फेला परेको थियो ।

घर झगडा नै प्रमुख कारण
उनीहरुको घर बैंकले लिलाम गर्ने तयारी गरिरहेको सुदीपका भाइले बताएका छन् । उक्त विषयमा प्रहरीले थप बुझिरहेको छ ।

सुदीप घरको काम नगर्ने, रक्सी खाने, तास खेल्ने र खाली बाहिरै हिँड्ने गरेको र त्यही कारण घरमा झगडा भइरहने पनि त्यहाँका स्थानीयले बताएका छन् ।

‘छोरो पढाउनुपर्ने, किन लत्तो छाडेको, काम गर्नु भनेर भाउजूले सधैँ कराइरहनु हुन्थ्यो ।’ सुदीपका भाइले भनेका छन् ।

यस्तै सुदीपले ससुरालीबाट लिएको दुई लाख ऋण पनि तिर्न बाँकी रहेको उनले बताए । उक्त विषयमा सधैं उनीहरुबीच झगडा पर्ने पनि उनका भाइले बताए ।

यिनै कारण झगडा बढ्दै गएको र परिवार नै सखाप हुने अवस्थामा पुगेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

थालमा विषजस्तो पदार्थ फेला, फरक–फरक दिनमा मृत्यु भएको आशंका
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी), महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर भक्तपुरले घटनाको अनुसन्धान गरिरहेका छ ।

प्रहरी घटनास्थल पुग्दा घरका ढोका खुल्लै रहेको अवस्थामा ३६ वर्षीय सुदीप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको शव छुट्टाछुट्टै फेला परेको थियो ।

पहिलो तलामा कुकुर र सम्झना मृत फेला परेका थिए भने, पहिलो तलाको कोठाको खाटमा भेटिएको सम्झनाको शव अर्धनग्न अवस्थामा थियो ।

दोस्रो तलाको खाटमै छोरा सुशान्तको शव भेटिएको थियो । यसैबीच अनुसन्धानका क्रममा थालमा विषजस्ते पदार्थ भेटिएको एक प्रहरी अधिकारीले बताएका छन् ।

मृतकको शरीरमा कुनै चोटपटक नलाग्नु र थालमा विष फेला पर्नुले विष सेवनबाट मृत्यु भएको आशंका गरिएको छ । श्रोतका अनुसार चोटकपटक कतै देखिएको छैन ।

मृत्यु संकास्पद भएकाले उनीहरुको पोष्टमार्टमसँगै भिसेरा परीक्षणसमेत गरिने भएको छ । भिसेरा परीक्षणका लागि मृत शरीरबाट स्प्लीन, लिभर र किड्नीको भाग संरक्षित गरिन्छ ।

प्रतिक्रिया