भक्तपुर थिमी मृत्यु प्रकरण : थालमा विषजस्तो पदार्थ फेला, फरक-फरक दिनमा मृत्यु भएको आशंका

काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका ९ निकोसेरामा एकै परिवारका तीन जनाको शव भेटिएको घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी), महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर भक्तपुरले घटनाको अनुसन्धान गरिरहेका छ ।

प्रहरी घटनास्थल पुग्दा घरका ढोका खुल्लै रहेको अवस्थामा ३६ वर्षीय सुदीप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको शव छुट्टाछुट्टै फेला परेको थियो ।

पहिलो तलामा कुकुर र सम्झना मृत फेला परेका थिए भने, पहिलो तलाको कोठाको खाटमा भेटिएको सम्झनाको शव अर्धनग्न अवस्थामा थियो ।

दोस्रो तलाको खाटमै छोरा सुशान्तको शव भेटिएको थियो । यसैबीच अनुसन्धानका क्रममा थालमा विषजस्ते पदार्थ भेटिएको एक प्रहरी अधिकारीले बताएका छन् ।

मृतकको शरीरमा कुनै चोटपटक नलाग्नु र थालमा विष फेला पर्नुले विष सेवनबाट मृत्यु भएको आशंका गरिएको छ । श्रोतका अनुसार चोटकपटक कतै देखिएको छैन ।

मृत्यु संकास्पद भएकाले उनीहरुको पोष्टमार्टमसँगै भिसेरा परीक्षणसमेत गरिने भएको छ । भिसेरा परीक्षणका लागि मृत शरीरबाट स्प्लीन, लिभर र किड्नीको भाग संरक्षित गरिन्छ ।

प्रतिक्रिया