चितवनमा करेन्ट लागेर दुई सैनिकको मृत्यु

• ध्रुवराज खनाल

चितवन । चितवनमा करेन्ट लागेर दुई जना सैनिकको मृत्यु भएको छ ।

कालिका नगरपालिका वडा नं. ८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत दुई जना सैनिकको शनिबार (आज) बिहान मृत्यु भएको हो ।

गणको कम्पाउण्डमा रहेको रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार र एक जना जवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुवेदार राजुबाबु श्रेष्ठको उपचारको लागि अस्पताल लैजााने क्रममा र सिपाही साजन कुमालको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया