विष्फोट घटना : प्रहरी टोली घटनास्थलमा, अनुसन्धान शुरु

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा भएको विष्फोटका घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवाली नेतृत्त्वको टोलीले विष्फोटको घटनास्थलमा मानेटार पुगी विस्तृत अनुसन्धान थालेको हो ।

अनुसन्धानकै लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय अपराध अनुसन्धान महाशाखा, नयाँ बानेश्वर र कोटेश्वर प्रहरी वृत्त तथा काँडाघारी प्रहरी चौकीको टोली पनि घटनास्थलमा पुगेका छन् ।

शनिबार(आज) बिहान ६ बजे विष्फोटको ठूलो आवाज सुनिएको थियो । आसपासका मानिसहरू आत्तिएर घरदेखि बाहिर निस्केका थिए ।

के विष्फोट भएको भन्नेबारे यकिन भएको छैन ।

प्रतिक्रिया