चितवनमा एकैदिन ८७ जनामा कोरोना पुष्टि, ‘हटस्पट’ बन्दै भरतपुर !

चितवन । केही दिन संक्रमणको दर घटेको चितवनमा पुनः कोरोना भाइरसको संक्रमण बढेको छ । शुक्रबार ७१ जनामा कोरोना पोजेटिभ देखिएकोमा शनिबार बिहान सार्वजनिक बिवरणमा जिल्लाका थप ८७ जनामा पोजेटिभ देखिएको हो ।

भरतपुर अस्पताल मातहतमा रहेको भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा शुक्रबार राती १२ बजेसम्म ५३३ नमुना परीक्षणमा गरिएकोमा ८७ जनामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमितमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् । भरतपुरमा ५० जना पुरुष र २३ जना महिलामा कोरोना पोजेटिभ देखिएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

सुरुमा कम संक्रमित रहेको जिल्लाको कालिका नगरपालिकामा पनि पोजेटिभ केश देखिने क्रम बढेको छ । पछिल्लो विवरण अनुसार कालिकामा ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । क्वारेन्टाइनमा रहेका उनिहरु ६ जना पुरुष र २ जना महिला छन ।

त्यस्तै खैरहनी नगरपालिकामा ४ जनामा पोजेटिभ केश देखिएको छ । यहाँ २ जना पुरुष र २ जना महिला छन् । उनिहरु सबै क्वारेन्टाइनका हुन् । रत्ननगर नगरपालिकामा २ जनालाइ कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु दुबै जना महिला हुन् । शनिबार सार्वजनिक विवरणमा ३ वर्षीय बालकदेखि ९० वर्षका वृद्धसम्म छन् ।

प्रतिक्रिया