चितवनका पुरुषमा मृत्युपछि कोरोना पुष्टि

चितवन । भरतपुर अस्पतालमा मृत्यु भएका रत्ननगरका एक पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

रत्ननगर नगरपालिका वडा नम्बर २ निवासी ४६ बर्षिय एक पुरुषको विहिबार राति मृत्यु भएको थियो । राति साढे १० बजेतिर मृत्यु भएका उनको स्वाब परीक्षण गर्दा शुक्रबार कोरोना पोजेटिभ रिपोर्ट आएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

अस्पताल आइपुग्दा उनको मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया