एमसीसी : परिमार्जन गरेर अनुमोदन गर्ने नेकपाको निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ ।

सो निर्णय शुक्रबार (आज) प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको स्यायी कमिटी बैठकले गरेको हो ।

एमसीसी संशोधन गरेर मात्रै पारित गर्न भनी बरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले सुझाव दिएको थियो ।

सोही सुझावअनुसार नेकपाले यस्तो निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यसभन्दा अगाडि एमसीसीलाई लिएर पार्टीभित्र विभिन्न विवादहरु चर्किएको थियो । आज सम्पन्न बैठकमा अध्यक्षद्वयको प्रस्ताव पारित भएको छ ।

 

 

 

प्रतिक्रिया