नेकपा स्थायी कमिटी बैठक सम्पन्न, अध्यक्षद्वयको प्रस्ताव पारित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सम्पन्न भएको छ ।

अध्यक्षद्वयद्वारा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सर्वसम्मतिले प्रस्ताव पारित गर्दै प्रधानमन्त्री सरकारी निवास बालुवाटार बिहान ११ बजेदेखि बसेको बैठक सम्पन्न भएको कमिटी सदस्य तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

गत १० असारबाट शुरु भएको बैठक दुई अध्यक्षको सहमतिमा आज बसेर समापन भएको हो ।दुई अध्यक्षले आजको बैठकमा पेश गरिने प्रस्तावहरु हिजै नै तयार पारिसकेको थिए ।

“असार १० गते शुरू भएको यो बैठकले अनेक मोड र घुम्ती पार गरेर निष्कर्षमा एकता, समझदारी र सर्वसम्मति कायम गरेको छ ।” थापाले भने, ‘अध्यक्षद्वयको सल्लाह, सहमति र निष्कर्षअनुरूप नै पार्टी यस नयाँ सहमतिमा अघि बढ्न सम्भव भएको छ ।’

शुक्रबारको बैठकको प्रारम्भमै प्रधानमन्त्री केपी ओली सम्बोधन गरेका थिए । उनले प्रतिक्रियावादीले पार्टी विभाजनका लागि तयारी गरेको भए पनि बैठकले एकताबद्ध भएर जवाफ दिएको धारणा राखेका थिए ।

 

प्रतिक्रिया