भद्रकलीको निधनसँग प्रधानमन्त्री स्तब्ध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका केन्द्रीय सदस्य लीलबहादुर थापाकी ८८ वर्षीया आमा भ्रदकलीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

ललितपुरस्थित मेडिसिटी अस्पतालमा शुक्रबार (आज) बिहान भएको निधनप्रति प्रधानमन्त्री ओलीले शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले थापाकी दिवङ्गत आमाप्रति श्रद्धासुमन अर्पण गर्दै शोकाकूल परिवार, आफन्त र शुभचिन्तकमा समवेदना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले मातृवियोगबाट मर्माहत परिवार र आफन्तजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्नेसमेत कामना गरेका छन् ।

बागङ निवासी भद्रकलीका एक छोरी र दुई छोरा छन् ।

प्रधानमन्त्रीद्वारा जारी शोक वक्तव्य

 

प्रतिक्रिया