कंगनाकी आमाले भनिन्-’मेरी छाेरीले गलत गरेकाे भए जनता उनकाे साथमा हुने थिएनन्’

एजेन्सी । कंगना रनौत र शिवसेना बिच तनावको वातावरण सिर्जना भएको छ । यसैबीच कंगनाकी आमा आशा रनौत छोरीको समर्थनमा उत्रिएकी छन् । भारतीय सञ्चार माध्यमसँगकाे कुराकानीमा उनले भनिन्, ‘शिवसेनाले मेरी छोरीमाथि अन्याय गरेको छ । सम्पुर्ण भारतका जनताहरुले यसलाई कुनै पनि हालतमा सहने छैनन् ।’

उनले भनेकी छिन्-,

‘यदि गलत भएको भए देशका जनता उनीसँग हुने थिएनन् । यो कस्तो प्रकारको सरकार हो ? मेरी छोरी उनीहरुको प्रजाको एक हिस्सा हो । उसलाई धेरै अन्याय भएको छ । शिवसेना एक कायर हो । मेरी छोरीले १५ वर्ष कडा परिश्रम गरेर एक एक पैसा जम्मा गरि अफिस बनाई । हामी एक मध्यम परिवार हौँ । सबैले देखेका छन् कि मेरी छोरीले कति पैसा संकलन गरिन् । उनीहरूसँग तिनीका बाबुआमाको सम्पत्ति छ, जसमा उनीहरू घमन्ड गरिरहेका छन् र यति धेरै यातना दिइरहेका छन् ।

मेरी छोरीले सबैकाे समर्थन छ । पूरा भारत मेरी छोरीसँग उभिरहेको छ । म अमित शाह र हिमाचल सरकारलाई धन्यवाद दिन्छु जसले मेरी छोरीलाई बचाए । किन भाजपाले मेरी छोरीको रक्षा गर्दैन, किन विपक्षी दलहरू बोल्छन् । उनीहरूलाई कस्तो समस्या छ, के उनीहरूका घरमा छोरीहरू छैनन् ? किन ती व्यक्तिले मेरी छोरीको बारेमा यस्तो मूर्ख कुरा गर्छन् । यदि कसैले सत्यकाे समर्थन गर्छ भने तिनीहरूले यसलाई समर्थन गर्नुपर्छ ।’

प्रतिक्रिया