कामपाको आग्रह : ‘फूटपाथ व्यापारमा प्रतिबन्ध लगाऔं’

काठमाडौं । काठमाडौं महानगरपालिकाले फूटपाथ र ठेलाको व्यापारमा पूर्ण प्रतिबन्ध लगाउन माग गरेको छ ।

महानगरपालिकाकी उप–प्रमुख हरिप्रभा खड्गीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई पत्र लेखी फूटपाथ तथा ठेला व्यापारमा पूर्ण प्रतिबन्ध लगाउन पुनः निषेधाज्ञाको आदेश जारी गर्न आग्रह गरेकी छन् ।

यसअघि काठमाडौं उपत्यकाको निषेधाज्ञामा बन्द गरिएको फूटपाथ तथा ठेलाको ब्यापार भदौ २४ गतेदेखि भने खुला गरिएको थियो ।

उपप्रमुख खड्गीको पत्र।
प्रतिक्रिया