सोनिया गान्धीलाई कंगनाको प्रश्न : महाराष्ट्रमा ममाथि भएकाे व्यवहारप्रति दुःखी छैनौ ?

एजेन्सी । कंगना रनौतले आफ्नो पछिल्लो ट्वीटमा कांग्रेस अध्यक्ष सोनिया गान्धीलाई प्रश्न गरेकी छन् । कंगनाले शिवसेनासँगको विवादमा सोनिया गान्धी चुपचाप रहेकाे भन्दै प्रश्न उठाएकी हुन् ।

कंगनाले आफ्नो ट्वीटमा के लेखिन् त ? कंगनाले लेखेकी छिन्, ‘आदरणीय सोनिया गान्धी जी, एक महिलाको रूपमा, महाराष्ट्र सरकारले मसँग कस्तो व्यवहार गरे, त्यसले तपाईंलाई चोट पुर्याएन ? के तपाईं डा. अम्बेडकरले दिएका संविधानका सिद्धान्तहरूलाई समर्थन गर्न सरकारलाई अनुरोध गर्न सक्नुहुन्न ?’

दोस्रो ट्वीटमा कंगनाले फेरि लेखेकी छिन्– ‘आज पश्चिमी मुलुकमा हुर्किएर भारतमा बस्छन् । तपाईँलाई महिलाको संघर्षबारे जानकारी होला । जब तपाईंको आफ्नै सरकारले महिलाहरूलाई थिचोमिचो गर्दैछ र कानून व्यवस्थाको मजाक बनाइरहेको छ, तब इतिहासले तपाईंको मौनताको न्याय गर्नेछ । म आशा गर्दछु कि तपाईं यस विषयमा हस्तक्षेप गर्नुहुनेछ ।’

प्रतिक्रिया