पाटन अस्पतालमा उपचाररत काठमाडौंका संक्रमितको मृत्यु

काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौंका ६३ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार संक्रमित ती पुरुष भदौ २४ गतेदेखि उपचाररत थिए । उनको आज बिहान ३ बजे मृत्यु भएको हो ।

प्रतिक्रिया