पहिरो खस्दा नारायणगढ-मुग्लिङ सडक अवरुद्ध

चितवन । नारायणगढ-मुग्लिङ सडक खण्डको चारकिलो नजिकै पहिरो खसेर यातायात अवरुद्ध भएको छ ।

पहिरोका कारण सडक बन्द हुँदा यातायात पूर्णरुपमा अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ । सडक बन्द हुँदा सवारी साधनहरुको लाम लागेको छ । पहिरो पन्छाउने प्रयास भइरहेको चितवन प्रहरीले जनाएको छ ।

यसअघि पनि उक्त स्थान नजिकै चारकिलो भन्ने स्थानमा पहिरो गएर लामो समयसम्म यातायात अवरुद्ध बन्दै आएको थियो ।

प्रतिक्रिया