चितवन: भरतपुरमा मात्रै थपिए ३१ कोरोना संक्रमित

चितवन । चितवनमा आज बिहान थप ३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ३१ र अन्य जिल्लाका ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पतालले बिहान सार्वजनिक गरेको विवरण अनुसार संक्रमण पुष्टि हुनेमा चितवनका सबै भरतपुर महानगरपालिकाका रहेका प्रयोगशाला प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिइन । अधिकारीका अनुसार संक्रमित मध्ये २६ जना पुरुष र ५ जना महिला रहेका छन् । संक्रमित हुनेहरु १२ वर्ष देखि ५७ वर्ष उमेर समूहका छन् ।

यसैगरि नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-१ का २८ वर्षीय पुरुष र २९ वर्षीया महिला गरी दुई जनामा,पर्साको ठोरी-२ की २१ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । चितवनमा शुक्रबार विहानसम्म कुल संक्रमितको संख्या ११ सय नाघेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

प्रतिक्रिया