योगमाया विविमार्फत आयुर्वेद र योगको विकास गरिने छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निरोग नेपाल निर्माण अभियानमा नेपालको मौलिक चिकित्सा प्रणाली आयुर्वेदको असाधारण भूमिका हुने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा विशिबार साँझ आयुर्वेदिक क्षेत्रका विज्ञसँगको छलफलमा उनले कोभिड-१९ को रोकथाम, उपचार र नियन्त्रणमा आयुर्वेदको पनि महत्वपूर्ण भूमिका हुने भएकाले यसलाई प्राथमिकता दिइने स्पष्ट गरे । प्रधानमन्त्री ओलीले आयुर्वेदमा आधुनिक प्रविधि, अनुसन्धान र औद्योगिकीकरणको प्रक्रिया मिसाउनुपर्ने आवश्यकतामा जोड दिए ।

आयुर्वेद क्षेत्रलाई उपेक्षा गर्ने प्रवृत्ति हटाउन नै सरकारले योगमाया विश्वविद्यालय स्थापना गरेको जनाउँदै यसमार्फत भविष्यमा सिङ्गो विश्वको ध्यानाकर्षण गरी आयुर्वेद र योगको विकास गर्ने लक्ष्य राखिएको उनले बताए । कोरोना भाइरस नियन्त्रणमा आयुर्वेदलाई प्रयोग मात्रै नगर्न र यसको प्रयोगलाई बढाउन उनले सबैको ध्यानाकर्षण गरे ।

उक्त अवसरमा आयुर्वेद विभागका महानिर्देशक वासुदेव उपाध्याय, डा ऋषिराम कोइराला, डा प्रदीप केसी, विनोद पौडेल, डा रामआधार यादव, डा सन्तोष ठाकुर, प्रा डा डिबी रोका, डा शिवमङ्गल प्रसाद, डा प्रकाश ज्ञवालीलगायतले प्रधानमन्त्रीका तहबाट आयुर्वेद क्षेत्रलाई महत्व दिएर पहिलोपटक परामर्श गरिएकामा आभार र धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया