युद्ध पर्यटकिय स्थल पिलीमा कांग्रेस प्रवेश गर्नेको लहर

कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ७ पिलीमा १ सय ५० जना नेकपाका नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाही, पार्टी सचिव यसोधा शाही, कांग्रेस नेतृ तारा शाही, कांग्रेस नेता पदमबहादुर शाही, नन्दबहादुर शाही, खड्गजंग शाही सहितका नेताहरुको उपस्थितिमा पिलीमा १ सय ५० जना नेकपाका नेता तथा कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।

तत्कालिन नेकपा माओबादीको सशष्त्र द्धन्द्धको अन्तिम भिडन्त भएको ठाँउ, नेकपाको किल्ला भएको गाँउ हाल युद्ध पर्यटकिय स्थल पिलीमा बिहिबार कांग्रेस नेताहरुले नेकपा परित्याग गरी १ सय ५० जना नेकपाका नेता तथा कार्यकर्ताहरुलाई कांग्रेसमा भित्र्याएका हुन् ।

कांग्रेसमा प्रवेश हुने युवा नेताहरुलाई नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले स्वागत गरेका छन् । उनले जिल्लामा नेकपाको सरकारले जनताको पक्षमा काम गर्न नसक्दा नागरिकहरु कांग्रेसलाई रोज्न थालेको बताए । उनले एक पछि अर्को कम्यूनिष्टका किल्लाहरु भत्किदै जाने दाबी गरे ।

कार्यक्रममा प्रवेशीहरुले नेकपाको दुई तिहाईको सरकारले गरेको गलत कार्य र जनताको जनमतको अपमानका कारण आफुहरु नेपाली कांग्रेसमा प्रवेश गरेको प्रतिक्रिया दिए । उनीहरुले नेपालमा पहिलो पटक शक्तिशाली सरकार बनेर काम गरेको देख्दा नेपाली जनता र राष्टको हितमा काम गर्ने पाटी कांग्रेस नै रहेको महसुस भएको बताए ।

कार्यक्रममा कांग्रेस नेताहरु पदमबहादुर शाही, यसोधा शाही, तारा शाहा, नन्दबहादुर शाही, खड्गजंग शाही लगायतका नेताहरुले नेकपाको सरकारले जनताको पक्षमा काम गर्न नसक्दा कालिकोटमा आउने संसदिय निर्बाचनमा जनताले जनतम उल्ट्याउने बताएका छन् ।

उनीहरुले जिल्लामा नागरिकहरुका समस्याहरुमा यस जिल्लाबाट जितेर गएका सांसदहरुले कुनै चासो नदिएको बताए ।

प्रतिक्रिया