बार्सिलोनामा कोएम्यानको नयाँ रणनीतिः ४-२-३-१

एजेन्सी । बार्सिलोनाका नयाँ डच मेनेजर रोनाल्ड कोएम्यानले क्लब फर्मेशनमा नयाँ गर्ने प्रयास गरिरहेका छन् । लिग टाईटल गुमाएको, च्याम्पियन्स लिगको क्वाटर फाईनलमा ८ का विरुद्ध २ गोलको लज्जास्पद हार खाएपछि संकटमा परेको क्लब सम्हाल्न कोएम्यान आएका थिए । क्वीक सेटिएनको बर्खास्तगि पछि आएका उनको काँधमा बार्सिलोनालाई लयमा फर्काउने चुनौती छ ।

कप्तान लियोनल मेसीले छोड्ने निर्णय गर्दा थप संकटमा परेको बार्सालाई उनको निरन्तरताले भने केही राहत दिएको छ । बार्सिलोनालाई बलियो बनाउन पुराना खेलाडी बेचेर नयाँ भित्र्याउने, कोच तथा अफिसियलहरु परिवर्तन गर्ने, बार्सिलोना बोर्ड अध्यक्ष जोसेफ मारिया बार्तोमेउको समेत परिवर्तन गर्नुपर्ने आवाज समर्थकहरुको व्यापक उठेको थियो ।    

कप्तान लियोनल मेसीले पनि क्लबमा तात्वीक परिवर्तनको माग पटक पटक गरिरहेका थिए । भनेजस्तो नभएपनि क्लबमा केही परिवर्तन भने देखिने भएको छ । अहिलेका घटनाक्रमले क्लबमा बार्तोमेउ दोहोरिने संभावना घटेको छ भने, केही पुराना खेलाडी विदा हुने वा बेन्चमा रहने अवस्था आउनेछ । केही नयाँ खेलाडी र राम्रो गर्नै पर्ने दबाबका बार्सिलोनामा केही सुधार हुने अपेक्षा गरिएको छ ।

जसलाई कोच कोएम्यानले मैदानमा पनि परिवर्तन दिने प्रयास गरेका छन् । स्पेनिस अनलाईन मार्साका अनुसार केही परिवर्तन गरिरहन मनपराउने डच कोच कोएम्यानले बार्सिलोनाको पुरानो ४-३-३ को फर्मेशन भत्काएर ४-२-३-१ को नयाँ लाईनअप तयार गरेका छन् ।

यो फर्मेशनले कत्तिको काम गर्छ परिक्षण गरि आवश्यक परेमा त्यसपछि पनि उनले लाईनअप परिवर्तन गर्न सक्ने बताईएको छ । कोएम्यानले बार्साको डिफेन्सलाईन भने पुरानै कायम राखेका छन् । जसले नयाँ परिणाम निकाल्नेमा धेरैलाई शंका छन् ।

यसैविच बार्सिलाेनामा खेलाडीहरू नयाँ सिजनका लागि प्रशिक्षणमा फर्किएका छन् ।

प्रतिक्रिया