वीपी जयन्तिमा तरुण दल द्वारा कोरोना स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । १०७ औं वीपी जयन्तिको अवसरमा नेपाल तरुण दल केन्द्रीय समितिले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतको अगुवाईमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । कोरोना भाईरसको जोखिम दिन प्रति दिन बढिरहँदा अग्रपंक्तिमा रहेर स्वास्थ्यकर्मीहरुले काम गर्दा जोखिमपूर्ण रहेकोले थोरैभएपनि राहत प्रदान गर्न स्वास्थ्य सामग्री प्रदान गरीएको तरुण दल केन्द्रीय अध्यक्ष बस्नेतले बताए ।

तरुण दलले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी विभागमै गई (१००० थान मास्क, २० थान पी.पी.ई सेट र २० थान फेस शिल्ड) र वीर अस्पताल अन्तर्गत नाक, कान, घाटी विभागमै गई (१००० थान मास्क, २० थान पी.पी.ई सेट र २० थान फेस शिल्ड) हस्तान्तरण गरेको हो ।

तरुण दलको उक्त कार्यमा स्वास्थ्य सामग्री नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउन्डेसनका अध्यक्ष मेन्ज खानले उपलब्ध गराएका थिए ।

प्रतिक्रिया