बन्दमा पनि सटरभित्रबाट व्यापार : व्यापारी भन्छन्–‘भाडा तिर्न नपुगे पनि खानको लागि पुगेको छ’

काठमाडौं । नेपाली जनताले १९ दिने जनआन्दोलनका कारण धेरै सास्ती भोग्नुपर्यो । संक्रमणकालमा १ देखि ५ दिनसम्मको बन्दको सास्ती नै खेपेका थिए । तर, गत वर्षको चैत ११ गतेदेखि सुरु भएको लकडाउन कुनै राजनीतिक दल विषेशको नभइ सबै नेपाली जनताको जीवन रक्षाका लागि नै सुरु भएको थियो ।

सुरुमा त सबैले लकडाउनको पालना गरेका थिए । विस्तारै जनताहरु धेरै समस्यामा पर्न थाले । विभिन्न जिल्लाबाट काठमाडौंमा उपत्यकामा आएर विभिन्न पेशा व्यवसाय गर्नेहरु पनि समस्यामा पर्दै गए । कोही ५ देखि ७ दिनसम्म हिँडेर आफ्नो घर गए । धेरै टाढा घर भएकाहरु काठमाडौं उपत्यकामा नै बस्न बाध्य भए ।

लकडाउनमा घर जान नसकेका र काठमाडौं उपत्यकामा नै अड्केकाहरुलाई समस्या पर्दै गयो । रोजगारी भएकाहरुको पनि कोरोनाको कारण रोजगारी खोसियो । उनीहरु मात्रै होइन, काठमाडौंमै सानातिना व्यवसाय गरेर बसेकाहरु पनि विस्तारै समस्याको चपेटामा परे ।

बन्दबन्दीको कारण व्यापारीले पनि केही महिना सहयोग गरे । तर, पछि व्यापारीहरु नै भोकै भर्ने अवस्था आएपछि न्युरोड, ठमेल र दरबारमार्गलगायतका ठाउँका व्यापारीले सरकारले गरेको लकडाउनको विरोध गर्दै व्यापार गर्न सुरु गरेका थिए । तर कोरोना संक्रमण वृद्धि भएपछि पुन सरकारले निषेधाज्ञा गर्यो ।

तर निषेधाज्ञामा व्यापारीहरुले सटर नखोली भित्रबाटै व्यापार सुरु गरेका छन् । पसलको सटर बन्द भए पनि विभिन्न किसिमका पसलको सटरमा ‘सामान चाहिएमा फोन गर्नुस्’ भनी लेखेर टाँसिएका छन् ।

सरकारले अत्यावश्यक बाहेकका पसल बन्द गर्ने निर्णय गर्दा अन्य व्यापारीहरु समस्यामा पर्दै आएका थिए । तर अति आवश्यक बाहेकका व्यापारीहरुले पनि भित्र भित्रबाटै व्यापार गरिरहेका छन् ।

कलंकीकमा कपडा पसल सञ्चालन गरेरका एक पसलेले पनि भित्रबाटै कपडा बिक्री गरिरहेका छन् । उनलको सटरमा पनि सामान चाहिएमा फोन गर्न सटरमा नम्बर टाँसिएको छ ।

उनी भन्छन् ‘४ महिनासम्म त मैले पसल बन्द गरेर कोठामा नै बसेँ । तर, कमाएको पैसा सकियो अनि सटरमा कपडा चाहिएमा फोन गर्नुस् भनेर नम्बर राखेँ ।’

उनले कपडा चाहियो भनेर फोन गर्नेहरुलाई पछाडीबाट पसल खोलेर कपडा दिने गरेको छन् । कपडाभित्रबाट बिक्री गरेर सटर भाडा तिर्न न पुग्दैन तर घर खर्च भने चलेको उनी बताउँछन् ।

काठमाडौंमा नै मदिर पसल सञ्चालन गरेका पसलेले पनि सटरमा सामान चाहिएमा फोन गर्न सम्बर टाँसेका छन् । मदिरा चाहिनेहरुले फोन गरे पनि मदिरा झोलामा हालेर बाहिर ल्याइदिने गरेका छन् ।

‘लकडाउन सुरु हुनासाथ पसलको सटरमा मदिरका लागि भनेर नम्बर लेखेर टाँसिदिएँ । म बस्ने र पसल एउटै घरमा भएको कारणले पनि भित्रबाट सजिलै व्यापार गरेको हुँ ।’ उनी भन्छन् ।

यस्तै उनले भित्रबाटै व्यापार घरेर पसल र सटरको भाडा तिररहेको बताउँछन् । उनको गुनासो छ–‘सरकारले भाटभटेनीलाई सधंै सामान बिक्री गर्न दियो तर हामीलाई दिएन ।’

लकडाउनमा भित्रबाट व्यापार गर्दा कालोबजारी

उनी भित्रबाट व्यापारीले सामान दिँदा सामानको मूल्य वृद्धि गरेको बताउँछन् । उपत्यकामा मदिरामा तोकिएको मूल्यभन्दा केही वृद्धि गरेर बिक्री गरिरहेको उपभोत्ताहरुले बताउँछन् ।

उपभोत्ताले पनि बन्दाबन्दीमा सामान लिँदा मूल्यभन्दा केही बढि तिर्ने गरेका छन् ।

प्रतिक्रिया