चितवनमा संक्रमणदर घट्दो, पछिल्लो पटक ११ जनामा मात्र देखियो कोरोना

चितवन । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको प्रभाव चितवनमा कम हुँदै गएको छ । पछिल्लो तथ्यांक हेर्दा जिल्लामा कोरोना संक्रमण दर घट्दो अवस्थामा छ ।

पछिल्लो पटक मंगलबार राती १२ बजेसम्म गरिएको परीक्षणमा चितवनमा ११ जनामा कोरोना पोजेटिभ देखिएको छ । चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीणमा मंगलबार जम्मा ३ जनामा संक्रमण देखिएको थियो भने २१ गते मेडिकल कलेजमा गरिएको परीक्षणमा १४ जना र सोही दिन भरतपुर अस्पताल कोभीड १९ परिक्षण प्रयोगशालामा ३३ जनामा पोजेटिभ देखिएको थियो ।

भरतपुर अस्पताल प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा भरतपुरका ९ र माडिका २ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको प्रयोगशाला प्रमुख डाक्टर नितु अधिकारीले बताइन । कोरोना पोजेटिभ देखिनेहरु १८ महिने बालकदेखि ४५ वर्ष उमेर समूहका छन् । भरतपुरको पोजेटिभ देखिएको केशको नमुना भरतपुर अस्पताल स्वाब संकलन केन्द्र र पुरानो मेडिकल कलेज तथा माडिमा क्वारेन्टाइनबाट स्वाब संकलन गरिएको थियो ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार मंगलबार राती १२ बजे सम्म २५७ वटा नमुना परिक्षण गरिएकोमा बाहिरी जिल्लाको एक जनासहित जम्मा १२ जनामा संक्रमण पोजेटिभ देखिँदा २४५ वटा नमुनाको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिक्रिया