विराट मेडिकल कलेजमा निःशुल्क कोरोना उपचार सुरू

विराटनगर । विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालले कोरोना संक्रमितको निःशुल्क उपचार सुरु गरेको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्झौता भएपछि मोरङको बुढीगंगा गाउँपालिका– २ टंकिसिनवारीमा रहेको विराट मेडिकल कलेजले कोरोना संक्रमितको उपचार निःशुल्क गरेको गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्झौता भएपछि अस्पतालले सोमबारबाट कोरोना संक्रमितको निःशुल्क उपचार सुरु गरेको विराट मेडिकल कलेजका उपाध्यक्ष डेनिस कार्कीले जानकारी दिए । कोरोना संक्रमितले कलेजबाट अन्य परीक्षण गराएको अवस्थामा भने शुल्क लाग्ने कार्कीको भनाई छ ।

विराट मेडिकल कलेजले गत साउनबाट ६० बेडको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । तीमध्ये ३८ साधारण र २२ क्याबिन बेड छन् । संक्रमितको उपचारका लागि अस्पतालले छ वटा भेन्टिलेटर तयारी अवस्थामा राखेको छ ।

आवश्यक परेको अवस्थामा भेन्टिलेटर थप गर्न सकिने अस्पतालले जनाएकाे छ । संक्रमितले सिटीस्क्यान, रगत जाँच लगायत अन्य जाँच गर्दा शुल्क लाग्ने विराट मेडिकल कलेज कोभिड म्यानेजमेन्ट टिमका सदस्य प्रमेशराज देवकोटाले बताए ।

विराट मेडिकल कलेजमा २९ जना कोरोना संक्रमित भर्ना भएका थिए । तीमध्ये १६ जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =