चितवन निकुञ्जमा गाेली लागेर मरेको अवस्थामा गैंडा फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गोली लागेको अवस्थामा मृत एक सिंगे गैंडा भेटिएको छ ।

निकुञ्जको रातोपानी घोल भन्ने स्थानमा डुुबेको अवस्थामा मृत गैंडा भेटिएको निकुञ्जका प्रमुुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । उनका अनुसार गैंडाको टाउकोमा दुई वटा गाेली लागेको छ ।

भदौ २१ गते नै मृत गैंडा भेटिएपनि मंगलबार मात्रै निकुञ्जले सार्वजनिक गरेको हो । मृत गैंडाको खाग र खुर भने सुरक्षित छ । प्रमुुख संरक्षण अधिकृत बरालले सिकारीले गोली हनेर भागेको हुन सक्ने बताए ।

केही दिन अघि गोलि पड्किएको आवाज सुनिएको बरालले बताए । यस विषयमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ । चितवन राष्ट्रिय निकुञ्जमा यस वर्ष चारवटा गैंडा मरेका छन् । यसअघि कालगती र दुर्घटनामा परेर तीनवटा गैंडा मरेको बरालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *