पर्यटनमन्त्री भट्टराई र अष्ट्रेलियाका राजदूत पीटर वडबीच भेटवार्ता

काठमाडाैं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र नेपालका लागि अष्ट्रेलियाका राजदूत पीटर वडबीच शिष्टाचार भेटवार्ता भएको छ । राजदुत वडले आफ्नाे तीन बर्षे कार्यकाल पुरा गरी स्वदेश फर्कनु अघि मन्त्री भट्टराईसँग बिदाई भेट गरेका हुन् ।

सिंहदरवारस्थित मन्त्रालयमा मंगलबार भएको बिदाई भेटका अवसरमा राजदुतले नेपाल बसाइँ अत्यन्त सुखद स्मरणीय भएको बताए । यो कार्यकाल भित्र नेपालका थुप्रै स्थानको भ्रमण गर्ने अवसर मिलेको र यसबाट नेपालको भौगोलिक, सामाजिक, साँकृतिक एवम् पर्यटकीय सम्पदाहरुको नजिकवाट अनुभव गर्ने अवसर प्राप्त भएको पनि उनले बताए ।

यस्तै उनले कोभिड १९ ले सिर्जना गरेको विकराल समस्याका बिच लकडाउनमा नेपालका विभिन्न जिल्लाहरुमा अड्कीएका अष्ट्रेलियन नागरिकहरुलाई सकुशल उद्धार गरि नेपाल वायुसेवा मार्फत स्वदेश पठाउने व्यवस्था गरेकोमा मन्त्री भट्टराईलाई धन्यवाद तथा कृतज्ञता व्यक्त गरे ।

उनले नेपालको पर्यटन विकासमा अष्ट्रेलियाको पूर्ण सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरेका थिए । मन्त्री भट्टराईले नेपाल र अष्ट्रेलियाको बिचमा हवाई सम्झौत्ता भई सकेको र उद्धार उडान सफलतापूर्वक सम्पन्न भएकोले निकट भविष्यमा नै सिधा हवाई सम्पर्क स्थापित हुने विश्वास व्यक्त गरे ।

यस्तै मन्त्री भट्टराईले अष्ट्रेलियामा नेपालको पर्यटन प्रवद्र्धन राजदुतको सहयोगको अपेक्षा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =