काेराेना अपडेटः ९०२ संक्रमित थपिए, २२८७ डिस्चार्ज, ६ जनाकाे मृत्यु
२०७७ भदौ २३ गते

सांकेतिक तस्वीर। मकालु खबर।
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९०२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । यसबारे प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरेका हुन् ।
प्रवक्ता गौतमका अनुसार आज नै २ हजार २८७ जना संक्रमित डिस्चार्ज भएका छन् । याेसँगै काेराेना संक्रमितकाे कुल संख्या ४८ हजार १३८ पुगेकाे छ । संक्रमितमध्ये ३२ हजार ९६४ जना निकाे भइसकेका छन् ।
यस्तै आज थप ६ जनाको मृत्यु भएसँगै मृतक संख्या ३०६ पुगेको छ ।
२०७७ भदौ २३ गते
प्रतिक्रिया
सम्बन्धित









