काेहलपुरमा अर्घाखाँचीका कोरोना संक्रमितको मृत्यु
२०७७ भदौ २३ गते

प्रतिकात्मक तस्विर
काठमाडौं । काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट अर्घाखाँचीका एकजनाकाे मृत्यु भएकाे छ । अर्घाखाँचीकाे सितगंगा नगरपालिका-१२ का ४२ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएकाे हाे ।
मृतक साउन २७ गते टिपर दुर्घटनामा गम्भीर घाइते भएर उपचारका लागि भैरहवाको युनिभर्सल मेडिकल कलेजमा भर्ना भएका थिए । अप्रेसन गर्नुअघि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि उनलाई भैरहवाकै भीम अस्पतालमा रिफर रिफर गरिएकाे थियाे । त्यहाँ उपचार सम्भव नभएपछि काेहलपुर अस्पताल रिफर गरिएकाेमा उपचारकै क्रममा उनकाे उनकाे मंगलबार बिहान ९ः२० मा मृत्यु भएकाे हाे ।
२०७७ भदौ २३ गते
प्रतिक्रिया
सम्बन्धित









