गण्डकीमा थप ११ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडाैं । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । संक्रमितहरू कास्कीको पोखरा महानगरपालिकामा मात्रै पाँच जना छन् भने नवलपरासी (बर्दघाट सुस्तापूर्व) का छ जना छन् ।

याेसँगै गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या २ हजार ६१२ पुगेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा हालसम्म ५२ हजार ५२५ जनाको पीसीआरको नमूना सङ्कलन गरी परीक्षण गरिएको थियो । ती मध्ये सङ्क्रमितको सङ्ख्या दुई हजार ६१२ छ भने ४९ हजार ९१३ जनामा सङ्क्रमण देखिएको छैन ।

त्यस्तै सक्रिय संक्रमितकाे सङ्ख्या ८०७, निको हुनेको सङ्ख्या एक हजार ७८५ रहेको छ । हालसम्म २० संक्रमितकाे मृत्यु भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − twelve =