आज भाद्र २३ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल भाद्र २३ गते । मंगलबार । ईश्वी सन् २०२० सेप्टेम्बर ०८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि–षष्ठी,३६ घडी १६ पला,बेलुकी ०८ बजेर १६ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–भरुणी,०१ घडी ५४ पला,बिहान ०६ बजेर ३२ मिनेट उप्रान्त कृतिका । योग–व्याघात,२७ घडी २९ पला,बेलुकी ०४ बजेर ४६ मिनेट उप्रान्त हर्षण । करण– गर,बेलुकी ०७ बजेर २४ मिनेट उप्रान्त वणिज,बेलुकी ०८ बजेर १६ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–मेष,दिउसो ०१ बजेर ०७ मिनेट उप्रान्त बृष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १४ मिनेट । दिनमान ३१ घडी ११ पला । षष्ठी श्राद्ध। शिक्षा तथा साक्षरता दिवस।

आजको बार बेला ।
बिहान ५ बजेर ४६ मिनेटसम्म रोग बेला ।
बिहान ५ बजेर ४७ मिनेटदेखी बिहान ७ बजेर २० मिनेटसम्म उद्वेग बेला ।
बिहान ७ बजेर २१ मिनेटदेखी बिहान ८ बजेर ५३ मिनेटसम्म चर बेला ।
बिहान ८ बजेर ५४ मिनेटदेखी बिहान १० बजेर २७ मिनेटसम्म लाभ बेला ।
बिहान १० बजेर २८ मिनेटदेखी मध्यान्ह १२ बजेर ०१ मिनेटसम्म अमृत बेला ।
मध्यान्ह १२ बजेर ०१ मिनेटदेखी दिउसो १ बजेर ३४ मिनेटसम्म काल बेला ।
दिउसो १ बजेर ३५ मिनेटदेखी दिउसो ३ बजेर ०८ मिनेटसम्म शुभ बेला ।
दिउसो ३ बजेर ०९ मिनेटदेखी साझ ४ बजेर ४१ मिनेटसम्म रोग बेला ।
साझ ४ बजेर ४२ मिनेटदेखी बेलुकी ७ बजेर ४१ मिनेटसम्म काल बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
दिउसो ०३ बजेर ०७ मिनेटदेखी बेलुकी ०४ बजेर ४२ मिनेटसम्म रहने ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बोलिको प्रभाव बढ्ने हुँदा थोरै बोलेर प्रशस्त आम्दानि गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे आम्दानी हुनेछ । आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ भने साथिभाईको सहयोगले कृतिमानी काम गर्ने समय रहेकोछ । पढाई लेखाइमा थोरै समय दिदा पनि राम्रो नतिजा ल्याउन सकिनेछ । माया प्रेमको गाठो कसिले हुनुको साथै घर परिवारमा सबैबाट सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिहानको समय मध्ययम रहेकोले दैनिक काममा बाधा तथा अवरोधको सामना गर्नुपर्नेछ । आँखा तथा टाउकोमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ । मध्यान्हबाट समय राम्रो रहेकोले राम्रा काम गरि नाम,दाम तथा ईनाम कमाउन सकिनेछ । राजनीति तथा जनताको काम गर्नेहरुका लागी समयले साथ दिने हुँदा पद प्राप्तीको योग रहेकोछ । अग्रज तथा आफन्तको सुझाब लाभदायी बन्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय राम्रो रहेकोले निर्माण सामाग्रीहरुको व्यापारमा बृद्धि हुने तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा मन जानेछ । मध्यान्हबाट प्रेममा मनमुटाब सिर्जना नहोला भन्न सकिन्न । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । खाद्यान्न,औषधी र निर्माण सामाग्रीको व्यापारमा वृद्धि हुने तथा अन्य सामानको कारोबारमा सामान्य मन्दि आउनेछ । कृषि तथा पशुपालनको क्षेत्रमा राम्रो मुनाँफा कमाउन सकिनेछ । प्रणय सम्बन्ध सुदृड हुने तथा घर परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसायमा लगानी गरि आम्दानि गर्न सकिनेछ । बिवादित बिषयहरु ह्ल भएर जाने तथा पुराना समस्याअरु केहि भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरिमा बढुवा हुने योग रहेकोछ । समाजिक काम गर्ने वाताबरण बन्ने तथा मानसम्मान,ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुन पाउदा मन प्रशन्न हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिहानको समय मध्ययम रहेकोले समय र कामको तालमेल नमिल्दा न्यून उपलब्धिमा हासिल हुनेछ । स्वास्थ्यमा सामान्य समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । व्यापारमा मन्दि आउनाले आर्थिक संकटको सामना गर्नुपर्नेछ । मध्यान्हबाट समय राम्रो रहेकोले सुखदुःखमा साथ दिने प्रशस्त भेटिनेछन् । अध्ययनमा मन जाने तथा खोजीमुलक क्षेत्रमा रुचि बढ्नेछ । मनमा धार्मिक प्रवृति जागृत हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिहानको समय राम्रो रहेकोले भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेकोछ । आफुले मन पराएको मानिससँग रमाईलो यात्रा गर्न सकिने तथा यात्राका क्रममा बिभिन्न मन लोभ्याउने दृष्यहरु मन मुटुमा कैद गर्न पाउदा मन प्रफुल्लित हुनेछ । मध्यान्हबाट स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको योग रहेकोछ । आफुले मन पराएको मानिससँग रमाईलो यात्रा गर्न सकिनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ भने नयाँ नयाँ आम्दानिका बाटाहरु फेला पर्नेछन् । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने तथा प्रतिश्पर्धिहरु आफै किनारा लाग्नेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नोकरी तथा राजनीतिमा गरिने प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै चाहेको गन्तव्यमा पुग्न सकिनेछ । पढाइ लेखाइमा एक कदम अगाडि बढि उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ भने थाति रहेका कामहरुलाई गति दिन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुले एक अर्कालाई बिस्वास गरि अगाडि बढ्न सक्नेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाइ लेखाइमा मन जानेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा निकाल्न सकिनेछ । बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो आम्दानि हुनेछ । बौद्धिक तथा प्राज्ञिक सभा समारोहमा सहभागि भई गतिलो प्रश्तुति दिने अवसर जुर्नेछ भने आफन्त तथा गुरुवर्गहरु खुसि हुनेछन् । आकश्मिक धन तथा मानव निर्मित र्भातिक सम्पति लाभ हुने योग रहेकोछ । नयाँ ठाउँबाट प्रेम प्रश्ताव आउने तथा आफ्नो मायालुलाई आफ्नै आखा अगाडि देख्न पाउदा मन प्रशन्न हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिहानको समय राम्रो रहेकोले दाजुभाई तथा आफन्तको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । अध्ययन तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा हात पार्न सकिनेछ । समयले साथ दिने हुनाले सानो सानो लगानीबाट आम्दानी गर्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले फाईदाका लागी पछि लाग्दा धनमाल गुम्न सक्छ ध्यान दिनुहोला । सवारी साधन तथा विलाशी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अध्यापनमा मन जानेछ । आफुलाई मन पर्ने भौतिक सम्पति जोड्न पाउदा मन हर्सित हुनेछ । दाजुभाई तथा छिमेकिबाट सहयोग तथा उपाहार प्राप्तिको योग रहेकोछ । आफन्त तथा मन पर्ने साथिकासाथ छोटो,रमाईलो तथा अर्थपुर्ण यात्रा हुने हुनाले मन प्रशन्न रहनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछ भने सत्रु परास्त हुनेछन् । खोज तथा अनुशन्धानको क्षेत्रबाट सकारात्मक नतिजा निस्कने हुनाले मन प्रशन्न रहनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *