भात खानुका फाइदै फाइदा, बासी भातका झन् फाइदा

काठमाडौँ । हाम्रो मुख्य खाना भनेको भात हो । भात नखाई हामीलाई खाना खाएको अनुभव नै हुँदैन । तर त्यसमा पनि धेरै भात खाएर मोटोपना बढ्छ की भनेर डराइरहेका हुन्छौँ । हामी भातले मोटोपना बढ्ने, पेट बढ्ने जस्तो शारीरिक समस्या निम्त्याउँछ की भन्ने चिन्तामा हुन्छौँ । तर त्यस्तो होइन भातले शरीरमा समस्या भन्दा पनि फाइदा पनि गर्ने रहेछ ।

यस्ता छन् भातका फाइदा
–भातमा कय्यौं भिटामिन तथा मिनरल्सहरु पाइन्छ । भिटामिन डी, क्याल्सियम, फाइबर, आइरन, थाइमिन लगायतका तत्व प्रचुर मात्रामा पाइन्छन्  ।
– भातमा प्रशस्त मात्रमा कार्बोहाइड्रेट पाइन्छ । कार्बोहाइड्रेटबाट प्राप्त ऊर्जाबाट नै दिमागले शरीरलाई सञ्चालन गर्ने काम गर्छ ।
– कार्बोहाइड्रेटबाट प्राप्त ऊर्जाले पाचन क्रियालाई पनि नियमित राख्ने गर्छ ।
– भातको माड छालाका लागि फाइदाजनक हुन्छ। यसले मानिसलाई बुढ्यौली देखिनबाट बचाउँछ ।

यस्तै श्रीलङ्काको द कलेज अफ केमिकल साइन्सेजका शोधकर्ताहरूले गरेको एक अध्ययन अनुसार नरिवलको तेल हालेर भात पकाउँदा त्यसमा रहेको ६० प्रतिशत क्यालोरी नियन्त्रण गर्न सकिन्छ । भातमा नरिवलको तेल हाल्दा यसमा रहेको रेजिस्टेन्ट स्टार्चको मात्रा बढ्ने र यसमा रहेको सुगर फ्याटमा बदलिने खतरा पुरै कम हुन्छ ।   नरिवलको तेल हालेर भात पकाउने र १२ घण्टा सम्म फ्रिजमा राख्ने हो भने यसमा रहेको क्यालोरी ५० प्रतिशत भन्दा बढी कम हुने अध्ययनले देखाएको छ ।

बासी भातले कसरी गर्छ फाइदा ?
यो सुन्दा हर कोहीलाई पनि अचम्म लाग्ला तर बासी भात खानु स्वास्थ्यको लागि फाइदाजनक छ । प्रायः हाम्रो भान्सामा आवश्यक भन्दा बढी भात पाकेको हुन्छ । खाएर बाँकी रहेको भातलाई हामी फाल्छौँ अथवा वस्तु भाउलाई दिने गर्छौँ । तर बासी भातको महत्त्व नबुझ्दा हामीले फाल्न बाध्य हुन्छौँ । बरु घर बाहिर बनेका परिकारहरू ल्याएर खाने हाम्रो बानी बसिसकेको छ । बाहिर बनेका म.म, पीजा, बर्गर, चाउमिनमा हाम्रो जिब्रोले स्वाद मागिरहेको हुन्छ । जसले हामीलाई रोगी बनाउँछ । तर भान्सामा बाँकी रहेको आफैले पकाएको खाना बासी भनेर फ्याँक्ने गर्छौँ । जुन हामीलाई त्यसको महत्त्व नै थाहा छैन । बासी भातले बिरामी गराउने भन्ने हामीले बुझेका छौँ । तर त्यसो होइन रहेछ । बासी भातले पनि स्वास्थ्यलाई फाइदा नै गर्ने रहेछ । बाहिर बनेका आकर्षक खानाका परिकारहरू भन्दा बासी भात कयौँ गुणा फाइदाजनक छ । अब देखि भासी भात फाल्ने होइन बरु खाने गरौँ । खाजा नास्ताको रूपमा बासी भात भुटेर पनि खान सकिन्छ ।

फाइदा :
– शरीरको तापक्रममा नियन्त्रण गर्छ । बासी चामलको चुरो चिसो नै हुने हुनाले यसलाई दिनदिनै खाँदा शरीरको तापक्रम नियन्त्रण गर्न सहयोग गर्छ ।
– कब्जियत हुन बाट बचाउँछ । बासी चातमा भरपुर मात्रामा फाइबर हुन्छ जसले कब्जियतको समस्याबाट मुक्ति दिलाउँछ ।
– बासी भातको सेवनले शरीरमा ऊर्जा प्राप्त भएर शरीरलाई तरो ताजा बनाउँछ।
– अल्सरको घाउ निको हुन्छ । यदि तपाईँलाई अल्सरको समस्या छ भने बासी भातको खानुहोस् । हप्तामा तीन चोटि बासी भात खाँदा अल्सरको घाउ निको हुन्छ ।
– बासी भातले चिया कफीको लत छुटाउँछ । तपाईँलाई ज्यादै चिया र कफी पिउने बानी छ र यो लतबाट छुटकारा चाहनुहुन्छ भने बासी भात खान सुरु गर्नुस् ।

यी माथि उल्लेखित फाइदा मात्रै नभएर बासी भातले स्वास्थ्यलाई अन्य फाइदा पनि पुर्‍याउँछ । असम एग्रीकल्चर यूनिवर्सिटीको एक अध्ययनबाट बासी भातले शरीरलाई पुर्‍याउने फाइदाबारे पत्ता लागेको हो ।

कसरी खाँदा फाइदाजनक हुन्छ ?
राति बचेको भातलाई एउटा भाँडोमा भिजाएर रातभर राख्ने । यसबाट भात ‘फम्र्याट’ हुनेछ । यसलाई फ्राई गरेर दही वा प्याज र जरा हालेर खान सकिन्छ । अध्ययनका अनुसार १०० ग्राम चामल पकाउँदा ३.४ मिलिग्राम आइरन हुन्छ । यदि त्यति नै मात्रामा भातलाई १२ घण्टा भिजाएर खाजाको रूपमा खायौँ भने त्यसमा आइरनको मात्रा बढेर ७३.९१ मिलिग्राम पुग्छ । यसमा सोडियम, पोटासियम र क्याल्सियमको मात्रा पनि बढ्छ ।

यदि हरेक बिहान यसरी नै बासी भात खायौँ भने यसबाट शरीरको तापक्रम पनि नियन्त्रण हुन्छ । बासी भातलाई बिहान खाजाको रूपमा खाँदा शरीरमा स्फूर्ति बढ्ने हुन्छ । एजेन्सीको सहयोगमा

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *