थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ७३६ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन् ।

प्रवक्ता गौतमका अनुसार आज नै १ हजार ७३६ जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै कोरोना संक्रमितको कुल संख्या ४७ हजार २३६ पुगेको छ । संक्रमितमध्ये  ३० हजार ६७७ जना डिस्चार्ज भइसकेका छन् । ७ हजार १९० संक्रमित होम आइसोलेसनमा छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ९ हजार २१८ जनाको पीसीआर परिक्षण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 17 =