बलात्कार प्रयासकाे आरोपमा गौशाला वृत्तका प्रहरी जवान पक्राउ
२०७७ भदौ २२ गते

प्रतिकात्मक तस्वीर
काठमाडाैं । बलात्कार प्रयासकाे आरोपमा महानगरीय प्रहरी वृत्त गाैशालाका एक प्रहरी जवान पक्राउ परेका छन् ।
वनकालीस्थित छाप्रोमा गएर आफूलाई बलात्कार प्रयास गरेको भन्दै २१ वर्षीया युवतीले उजुरी दिएपछि दार्चुला घर भइ हाल गाैशाला वृत्तमा कार्यरत रहेका प्रहरी जवान उपेन्द्र सिंह पक्राउ परेका हुन् ।
घटनाबारे थप अनुसन्धान भइरहेकाे वृत्तका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
२०७७ भदौ २२ गते
प्रतिक्रिया
सम्बन्धित








