मछिन्द्रनाथको रथ तान्ने क्रममा पक्राउ परेकाहरुलाई रिहाइ गर्न माग, सिडिओ कार्यालय घेराउ
२०७७ भदौ २२ गते

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथयात्राको समय झडपका क्रममा पक्राउ परेकाहरुको रिहाई गर्न माग गर्दै सिडिओ कार्यालय घेराउ गरिएको छ ।
गएको बिहीबार पुल्चोकमा रथयात्राका क्रममा प्रहरी हस्तक्षेप गरेपछि झडप भएकाे थियाे । झडपमा स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेका थिए भने भीड नियन्त्रणका लागि प्रहरीले पानीकाे फाेहाेरा र अश्रुग्यास प्रहार गरेकाे थियाे ।
साे क्रममा प्रहरीले एक युट्युबरदेखि प्रहरीमाथि ढुंगामुढा गर्ने स्थानीय गरी २० जनालाई नियन्त्रणमा लिएकाे थियाे । उनीहरूकै रिहाइकाे माग गर्दै स्थानीयले बिहान करिब साढे १० बजेतिर ललितपुरकाे सिडिओ कार्यालय घेराउ गरेका हुन् । रिहाइका लागि पुगेका स्थानीयले केहीबेर धर्नासमेत दिएका थिए ।
अहिले त्यस क्षेत्रमा थप प्रहरी परिचालन गरिएकाे छ । भीड तितरवितर पारिएकाे छ ।
२०७७ भदौ २२ गते
प्रतिक्रिया
सम्बन्धित








