राज्यकोषबाट तलब खाने राष्ट्रपति/प्रधानमन्त्रीको तलबभत्ता रोक्ने कि ?

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाममा सरकारले प्रभावकारी कदम चाल्न नसेको भन्दै चर्काे आलोचना भइरहेको छ । लकडाउन, निषेधाज्ञा र कर्फ्यूले कोरोना नियन्त्रणभन्दा पनि जनाताको दैनिकी कष्टकर हुँदै गएको धेरैको तर्क छ ।

यसैबीच पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले निरन्तरको निषेधाज्ञाले पचासौं लाख गरिब भोकभोकै पर्ने अवस्था आएको भन्दै आपत्ति प्रकट गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्- ‘अनौपचारिक क्षेत्रमा काम गर्ने, स्वरोजगार श्रमिक तथा गरिबीको रेखामुनी रहेका परिवारको दैनिक गुजाराको वैकल्पिक व्यवस्था नगरी सरकारले अनन्तकालसम्म लकडाउन-कर्फ्यू लगाउँदै जानु कति उपयुक्त हो ? कोरोनाबाट बचे पनि भोकले मर्ने स्थिति आउनु कति डरलाग्दो कुरा हो ?’

अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकरमजदुरलाई कि सरकारले तुरुन्तै राहतको व्यवस्था गर्नुपर्ने कि आ-आफ्ना पेसा-व्यवसाय गर्न दिनुपर्ने उनको माग छ । जनताको जीवन/मरणको यो गम्भीर अवस्था नबुझ्नेहरूको घैंटोमा घाम लगाउन राज्यकोषबाट तलब खाने राष्ट्रपति/प्रधानमन्त्री/मन्त्री/न्यायाधीश/सांसद/कर्मचारी/शिक्षकलगायत सबैको तलबभत्ता पनि रोक्ने हो कि ?’ -उनले अगाडि भनेका छन् ।

https://www.facebook.com/DrBaburamBhattarai/posts/2035391566598343

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =