कोरोना संक्रमितलाई योग सिकाएर औषधि वितरण

चितवन । पूर्वि चितवनका चार नगरपालिकाले संयुक्त्त रुपमा संचालन गरेको आइसोलेसनमा रहेका कोरोना भाइरस संक्रमितहरुलाई योग प्रशिक्षण दिएको छ । कोरोनाबाट मुक्त बनाउन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनले आइतबार योग सिकाउनुका साथै आयुर्वेदिक औषधि वितरण गरेको हो ।

पूर्वी चितवनका रत्ननगर, खैरहनी, कालिका र राप्ती नगरपालिकाले रत्ननगर ५ टरौलिमा आइसोलेसन सेन्टर बनाएका छन् । जहाँ हाल २६ जना कोरोना संक्रमित रहेका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकी प्रमुख कोपिला अधिकारीका अनुसार सो आइसोलेसन सेन्टरमा रहेकालाई गूडुचीचूर्ण, जेष्ठवसादी, मुलेठीचुर्ण, सितोपलादी, त्रिकटु एवं अश्वगन्धा चुर्ण लगायतका आयुर्वेदिक औषधीहरु वितरण गरिएको हो ।

रत्ननगर नगरपालिकाको स्वास्थ्य शाखाको समन्वयमा भएको वितरण कार्यक्रममा औषधीसँगै आइसोलेसन सेन्टरमा रहेका ८ महिला, १५ पुरुष र ५ जना बालबालिकालाई योग, प्रणायाम प्रशिक्षण पनि गराइएको अधिकारीले जानकारी दिइन् ।

उनले रोग प्रतिरोधक क्षमता वृद्धि गर्नका लागि आयुर्वेद औषधि एवं मनोसामाजिक परामर्श योग प्रणायामको लागि आफूसँग उपलब्ध स्रोत साधनको प्रयोग गरी कोरोना संक्रमितको मनोबल उच्च राख्न केन्द्रले भने सक्दो प्रयास गरिरहने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *