मल नल्याउने दुबै कम्पनीसँगको ठेक्का सम्झौता रद्द, कारवाही हुने

काठमाडौं । ताेकिएकाे समयमा रासायनिक मल आपूर्ति नगर्ने दुई नेपाली कम्पनीमाथि कारवाही हुने भएकाे छ । शैलुङ इन्टरप्राइजेज र मल्टिप्रपोज कम्पनीसँगको सम्झाैता रद्द गरिएकाे कृषिमन्त्री घनश्याम भुसालले जानकारी दिए ।
शैलुङ नेकपा अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदाप्रसाद अधिकारीको हाे भने हानाे कम्पनि हुमनाथ कोइरालाको हो । उनीहरूकाे धराैटी जफत समेत गर्ने निर्णय भएकाे पनि कृषिमन्त्री भुसालले बताए ।
‘दुवै कम्पनीलाई थप कानूनी कारबाहीका लागि तयारी सुरू गरिएकाे छ । तत्कालका लागि सम्झौता रद्द गरी धराैटी जफत प्रकिया पनि अघि बढाइएकाे छ’, मन्त्री भुसालले भने ।
फरक फरक ठेक्कामार्फत् ५० हजार मेट्रिक टन युरिया मल ल्याउनका लागि पुस २८ र ४ माघमा गरिएको टेण्डरमा दुई कम्पनीले ठेक्का पाएका थिए । दुवै कम्पनीले गरेको ठेक्का सम्झौताअनुसार साउन १० गतेसम्म पहिलो लट तथा भदौ २० भित्र सबै मल ल्याइसक्नु पर्ने थियो । तर अझैसम्म नआउँदा किसान मारमा परेका छन् ।








