काेराेना संक्रमणबाट काठमाडाैंका तीनसहित थप ९ जनाकाे मृत्यु
२०७७ भदौ २१ गते

फाइल तस्विर
काठमाडौं । पछिल्लो २४ घण्टामा काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट थप ९ जनाकाे मृत्यु भएकाे छ ।
दुई जना महिला र ७ जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । प्रवक्ता गाैतमका अनुसार माेरङकाे ६४ वर्षीय र झापाकाे ४५ वर्षीय महिलाकाे मृत्यु भएकाे हाे ।
त्यस्तै माेरङका ४५ वर्षीय, पर्साका ७७ वर्षीय, धनुषाका ३५ वर्षीय, काठमाडाैंका ७४ वर्षीय, ७८ वर्षीय र ८५ वर्षीय पुरूषकाे मृत्यु भएकाे छ । चितवनका ७० वर्षीय पुरूषकाे पनि काेराेना संक्रमणबाट मृत्यु भएकाे छ ।
याेसँगै काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या २८९ पुगेकाे छ ।
२०७७ भदौ २१ गते
प्रतिक्रिया
सम्बन्धित









