२ दिनमा नै पछि हट्यो बीमा समिति, अब निजी ल्याबको काेराेनाकाे रिपोर्टले पनि मान्यता पाउने

काठमाडौं । अब निजी ल्याबको रिपोर्टले पनि कोरोना बीमाको दावी भुक्तानी पाइने भएको छ । बीमा समिति र नेपाल बीमक संघका प्रतिनिधीबीच आइतबारको छलफलपछि निजी ल्याबको रिपोर्टलाई पनि मान्यता दिने निर्णय भएको हो ।

भदौ २१ गतेसम्म बिक्रि गरिएका बीमा पोलिसीहरुका हकमा भने स्वास्थ्य मन्त्रालय अन्तर्गतका नियकायहरुको रिपोर्ट नै आवश्यक पर्नेछ । भदौ २१ गतेपछि जारी हुने बीमालेखका हकमा भने अध्ययन गरेर निस्किएको निचोडका आधारमा अघि बढ्ने बताईएको छ ।

निजी ल्याबहरुको रिपोर्टलाई पनि मान्यता दिने सम्बन्धमा बीमा समितिका कार्यकारी निर्देशक, अर्थमन्त्रालय र स्वास्थ्य मन्त्रालयका प्रतिनिधी सम्मिलित अनुदान व्यवस्थापन समितिले अध्ययन गरि प्रतिवेदन बुझाउनेछ । सोही प्रतिवेदन अनुसार निश्चित बिधि मार्फत निजी ल्याबका रिपोर्टले पनि मान्यता पाउनेछन् ।

बीमा समितिले गत शुक्रबार निजी ल्याबको रिपोर्टलाई मान्यता नदिने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *