गण्डकी प्रदेशमा थपिए ६७ नयाँ संक्रमित

काठमाडौं । गण्डकी प्रदेशमा पछिल्लाे २४ घण्टामा ६७ नयाँ संक्रमित थपिएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र र भरतपुर अस्पतालमा भएका परीक्षणमा कास्की जिल्लामा २० जनासहित गण्डकी प्रदेशमा ६७ संक्रमित थपिएका हुन् । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयले जारी गरेको अद्यावधिक विवरण अनुसार लमजुङको बेसीशहर नगरपालिकामा २ जनामा संक्रमण देखिएको छ । त्यस्तै बाग्लुङमा ३ जना संक्रमित पहिचान भएका छन् ।

यस्तै स्याङ्जाको पुतली बजार नगरपालिकामा २२ जना संक्रमित पहिचान भएको छ भने तनहुँमा ७ जना संक्रमित भेटिएका छन् । नवलपरासीमा १३ जना संक्रमित थपिएका छन्। भरतपुर अस्पतालमा भएको परीक्षणमा कावासोतीका ११ र बलिङटारका १८ जनामा संक्रमण देखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + eighteen =