सुनको मूल्य घट्यो, कति छ आजको बजार भाउ

काठमाडौँ । साताको पहिलो दिन सुनको मूल्य प्रतितोला ३ सय रुपियाँ घटेको छ । चाँदीको मूल्य भने प्रतितोला १० रुपियाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार १ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १३ सय २० रुपियाँ निर्धारण गरिएको छ ।

गत साताको शुक्रबार भने छापावाल सुन प्रतितोला ९६ हजार ४ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ९५ हजार ९ सय रुपियाँ र चाँदी प्रतितोला १३ सय १० रुपियाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *