एम्बाप्पेको गोलमा स्विडेनमाथि फ्रान्सको जित
२०७७ भदौ २१ गते

काठमाडौं । युइएफए नेसन्स कप अन्तर्गत फ्रान्सले विजयी शुरुवात गरेको छ । युवा स्टार फरवार्ड केलियन एमबाप्पेको गोलमा विश्व विजेता फ्रान्सले युईएफए नेसन्स लिगमा सुखद शुरुवात गरेको हो ।
गएराती भएको खेलमा नेसन्स लिगको पहिलो खेलमा फ्रान्सले स्वीडेनलाई १-० ले पराजित गरेको हो । फ्रान्सको जितमा किलियन एम्बाप्पेले खेलको एक मात्र गोल गरेका थिए । एम्बाप्पेले खेलको ४१औ मिनेटमा गोल गरेका थिए ।
नेसन्स कप अन्तगर्त फ्रान्सले अब अर्को खेल क्रोसियाविरुद्ध आगामी मंगलबार खेल्ने छ भने स्विडेनले भने पोर्चुगलविरुद्ध खेल्ने छ ।
२०७७ भदौ २१ गते
प्रतिक्रिया
सम्बन्धित








