काठमाडौंका ३ सहित ९ को मृत्यु, मृतकको सख्या २८० पुग्यो : स्वास्थ्य मन्त्रालय

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।

बिहीबार (आज) नियमित प्रेस ब्रिफिङ्गमार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका जानकारीअनुसार नेपालमा थप ९ जनाको मृत्यु भएको हो ।

३ महिला र ६ पुरुष गरी ९ जनाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए । जसमा काठमाडौंका ३ जना रहेको छन् । योसँगै मृतकको संख्या २८० पुगेको छ ।

यस्तै गत २४ घण्टामा १,०४० जना नयाँ संक्रमित थपिँदा १,५६६ जना संक्रमणमुक्त भएका छन् । जसमा ४०८ जना काठमाडौं उपत्यकाका रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 3 =