मानवसेवा आश्रमद्वारा डीएसपी गौतमलाई विदाई, सेवा भावको कदर गर्दै सम्मान

विराटनगर । मानवसेवा आश्रमले वडा प्रहरी कार्यालय, विराटनगरका प्रमुख डीएसपी वेदप्रसाद गौतमलाई सम्मान तथा विदाई गरेको छ ।

विराटनगरमा १५ महिने कार्यभार सम्हालेर उदयपुर सरुवा भएका डीएसपी गौतमलाई मानवसेवा आश्रमले शनिबार (आज) एक कार्यक्रमको आयोजना गरी सम्मान तथा विदाई गरेको हो ।

विराटनगरमा मानवसेवा आश्रमको सुरुवाती दिनदेखि नै साथ, सहयोग साथै प्रेरणा दिँदै आएको र कठिन परिस्थितिमा पनि आश्रमका लागि सेवा पुर्याएकाले डीएसपी गौतमको सेवा भावलाई कदर गर्दै आश्रमले सम्मान व्यक्त गरेको मानवसेवा आश्रम प्रदेश नम्बर नं. १ संयोजनक नवराज केसीले बताए ।

डीएसपी गौतमले आश्रममा रहेका आमा–बुवाहरुलाई खानासमेत खुवाएका छन् । सम्मान तथा विदाई कार्यक्रमले आफूलाई नतमस्तक बनाएको सुनाउँदै डीएसपी गौतमले आफू भौतिक रुपमा टाढा रहे पनि मानवसेवा आश्रमलाई सदैव साथ, सहयोग दिइरहने बताए ।

‘स्वभावैले पनि हाम्रो पेशा नै मानवसेवामा समर्पित पेशा रहेकाले मानवसेवा आश्रमको कामप्रति सधैं सहकार्य रहने नै छ ।’ उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *