सरकार दुईटा कुरा भा’छ–‘एउटा बेसुरे, अर्को बेसारे’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता गगन थापाले सरकार बेसुरे र बेसारे भएको टिप्पणी गरेका छन् ।

‘दि ब्राभो डेल्टा शो’मा पत्रकार भूषण दाहालसँगको कुराकानीको क्रममा नेता थापाले यस्तो टिप्पणी गरेका हुन् ।

“म एक लाइनमा भन्छु । सरकार अहिले दुईटा कुरा भा’छ । एउटा बेसुरे भा’छ । एउटा बेसारे भा’छ ।”उनले अन्तरवार्ताको क्रममा भनेका छन् ।

यस्तै उनले सरकार आफूहरुसँग नडराएकोसमेत बताए । ‘सरकारलाई प्रतिपक्षसँग जहिल्यै पनि डर, नागरिकलाई जहिल्यै पनि भर हुन्छ । यो डर र भरको सन्तुलन प्रतिपक्षको हो । यो देखिँदैन ।’उनले भनेका छन् ।

यस्तै उनले आफूहरुलाई कहिल्यै पनि प्रतिपक्षको भूमिकाको अनुभवै नभएको स्वीकारे । आफ्नो नेतृत्वका कारण जनताहरुको भर आफूहरुमाथि नभएको बताएका उनले भने, ‘हामी सबैको आरेन्टेसन प्रतिपक्षीय राजनीति गर्नको लागि तयारै भएनौँ । हामीलाई त्यसका लागि चाहिने सीप कहिल्यै सिकेनौँ । त्यसको पछाडीको कारण भनेको हिजो सरकारमै रहँदा धङधङी हो ।’

यस्तै उनले फरक प्रसंगमा सरकार एक्लैले कोरोना महामारी नियन्त्रण गर्न नसक्ने र सबैले सहयोग गर्नुपर्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =