कांग्रेस विवाद : देउवाविरुद्ध अनशन बस्ने पौडेल पक्षको चेतावनी
२०७७ भदौ २० गते

नेकाका बरिष्ठ नेता रामचन्द्र पौडेल। फाइल फोटो।
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभागहरुमा मनोनयन जारी राखेपछि रुष्ट भएको रामचन्द्र पौडेल पक्षले आफू निकट केन्द्रीय सदस्यहरुको भर्च्यूअल बैठक बोलाएको छ ।
केन्द्रीय सदस्यहरुको बैठकले फिर्ताका लागि सभापतिलाई दबाब दिने रणनीति बनाउने नेताहरुको भनाइ छ । केन्द्रीय सदस्य गुरुराज घिमिरेका अनुसार आज दबाबमूलक भर्च्यूअल बैठक डाकिएको छ ।
उनले भनेका छन्, ‘विधि उल्लंघन गरेकाले सुरुमा निर्णय सच्याउन अल्टिमेटम दिने, निर्णय नसच्चिए धर्ना र अनशन बस्नेसम्मको तयारी गरिएको छ ।’
सभापति देउवाले बुधबार र बिहीबार थप २ विभागमा ९६ जनालाई मनोनयन गरेका थिए । देउवाले हालसम्म २० वटा विभागमा करिब ९ सय नेता, कार्यकर्ताहरुलाई मनोनयन गरेका छन् ।
२०७७ भदौ २० गते
प्रतिक्रिया
सम्बन्धित








