विराटनगरका कोरोना संक्रमितको वीपी प्रतिष्ठानमा मृत्यु

धरान । विराटनगरका एक कोरोना संक्रमितको शुक्रबार साँझ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको छ ।
न्यूरो अस्पताल विराटनगरबाट रेफर भएर वीपी प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारत ४३ वर्षिय महिलाको शुक्रबार साँझ निधन भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार उनी चार वर्षदेखि दीर्घ रोगी थिए । उनमा उच्च रक्तचापको समस्या रहेको थियो । भदौ १८ गते वीपी प्रतिष्ठान आएका उनलाई तीन दिनदेखि श्वासप्रश्वासमा कठिन, पेट र छाती दुख्ने समस्या देखिएको थियो ।

१७ गते प्रादेशिक ल्याब बिराटनगरमा कोरोना स्वाब परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ भएको देखिएको थियो । उनको शुक्रबार साँझ ६ः३० बजे निधन भएको प्रतिष्ठानले जनाएको छ ।

शवको व्यवस्थापन नियमानुसार हुँदैछ । योसँगै प्रतिष्ठानमा कोरोना संक्रमणको उपचारको क्रममा मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − nine =