प्रेस ज्याकेट लगाएर प्रहरीमाथि ढुंगा हान्ने एक जना पक्राउ
२०७७ भदौ १९ गते

काठमाडौं । राताे मच्छिन्द्रनाथकाे रथयात्राका क्रममा बिहीबार भएकाे झडपमा प्रेस ज्याकेट लगाएर प्रहरीमाथि ढुंगा हान्ने एक यवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका बस्ने २२ वर्षीय अनिश महर्जन रहेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार ती युवकलाई इमाडोलबाट नियन्त्रणमा लिएकाे महाशाखा प्रमुख दीपक थापाले जानकारी दिए।
उनले हातमा क्यामेरा र प्रेस लेखेको ज्याकेट लगाएर प्रहरी माथि ढुंगा हानेको भिडियो समाजिक सञ्चालमा भाइरल भएकाे थियाे । त्यसपछि सामाजिक सञ्जालमा उनकाे आलोचना भएको थियो ।
पक्राउ परेका महर्जन पत्रकार भएकाे नपाइएकाे पनि बताइएकाे छ । उनले विभिन्न युट्युब च्यानलमा भिडियाेहरू हाल्ने गरेकाे पाइएकाे जानकारी दिइएकाे छ । युवकलाई थप कारबाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएकाे छ ।
२०७७ भदौ १९ गते
प्रतिक्रिया
सम्बन्धित








