चितवनमा प्लाज्मा थेरापीबाट उपचार गरिएकी काेराेना संक्रमित महिलाको मृत्यु

चितवन । चितवन मेडिकलमा कोरोना संक्रमति एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ निवासी ५२ वर्षीय एक महिलाको मृत्यु भएको हो ।

निमोनिया भएर १० गते अस्पताल भर्ना भएकी उनमा ११ गते कोभिड १९ पुष्टि भएको थियो । अस्पतालको आइसीयूमा उपचारको क्रममा उनको आज दिउँसो मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख प्रताप देवकोटाले पुष्टि गरे ।

ती महिलालाई बिहीबार राति मात्रै प्लाज्मा थेरापी गरिएको थियो । डा. शितल अधिकारी र डा. दयाराम लम्सालसहितको समूहले प्लाज्मा थेरापीबाट उनको उपचार गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 1 =