आज पनि घट्यो सुनको मूल्ये, यस्तो छ कारोबार मूल्य

काठमाडौँ । आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ सय रुपियाँ र चाँदी प्रतितोला ३५ रुपियाँ घटेको हो । बुधबार प्रतितोला १२ सय रुपियाँ घटेको सुनको मूल्य हिजो पनि प्रतितोला ७ सय रुपियाँ घटेको थियो ।

नपाल सुनचाँदी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ४ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ९ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १३ सय १० रुपियाँ निर्धारण गरेको छ ।

हिजो छापावाल सुन प्रतितोला ९६ हजार ५ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ९६ हजार रुपियाँ र चाँदी प्रतितोला १३ सय ४५ रुपियाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *