सुनसरीको दुहवीमा एकाबिहानै ९ जना कोरोना पुष्टि

दुहवी । सुनसरीको दुहवीमा आज बिहानै ९ जना कोरोना संक्रमित फेला परेका छन् । दुहवी स्वास्थ्य शाखाका अनुसार आज विहान ९ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ ।

स्वास्थ्य शाखाका अनुसार ९ जनामा ४ जना महिला र ५ जना पुरुष रहेका छन् । पोजेटिभ हुनेहरुमा दुहबी ५ कि २८ वर्षिय एक महिला ३३ र ४२ बर्षका दुई जना पुरुष रहेका छन् । यसैगरी दुहबी ५ स्थित नेपाल बैंक लि.बाट कन्ट्याक्ट् ट्रेसीङको आधारमा बैंकका कर्मचारीका २ जना आफन्तलाई पनि कोरोना पोजेटिभ देखिएको छ । उनीहरु बर्ष २९ र ३१ कि दुई जना महिला संक्रमित रहेका छन ।

यता दुहबी ६ का २० र ४२ वर्षिय दुई पुरुषहरुमा पनि कोरोना पोजेटिभ देखिएको छ । यसैगरी दुहबी ८ कि २७ बर्षकि एक महिला दुहबी १२ का ४३ बर्षका एक पुरुषमा समेत संक्रमण देखिएको छ । दुहबीमा जम्मा संक्रमित १५१ मध्ये २४ जना निको भएका छन् । अब ९ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको दुहवी स्वास्थ्य शाखाले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *