डा. शेखरको सरकारलाई प्रश्न ‘कस्को स्वार्थका लागि मल उपलब्ध गराईएन ?’

काठमाडौं । किसानले कसको स्वार्थका कारण मल नपाएका हुन् त्यसको जवाफ सरकारले दिनुपर्ने नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन् ।

देशभरका किसानहरु मल अभावका कारण प्रताडित बनेको देखेपछि कांग्रेस केन्द्रीय सदस्य डा. कोइरालाले कृषि प्रधान देशका जनताले समयमै मल पाउन नसक्नु दुखद भएको बताएका छन् ।

उनले सरकारी अकर्मन्यताकै कारण कृषिप्रधान देशका किसानहरु मल लागि भौतारिन बाध्य भएको समेत बताएका छन् । ‘सरकारी अकर्मन्यताका कारण आज कृषि प्रधान देशका किसान मलका लागि भौतारिन बाध्य छन् । देशको मेरुदण्डका रुपमा रहेका कृषकप्रती राज्य निर्लज्ज देखिनु लाजमर्दो हो ।’ डा. कोइरालाले भनेका छन् ।

डा. कोइरालाले मल अभावका कारण कृषि उत्पादनमा ह्रास आउने र आर्थिक अवस्था अयावह हुने निश्चित रहेको पनि दावि गरेका छन् । ‘कस्को स्वार्थका लागि मल उपलब्ध गराईएन ? सरकारले जवाफ दिन जरुरी छ ।’ डा. कोइरालाले सरकारलाई खबरदारी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *